

सकियो ओली-देउवा बैठक, साँझ फेरि छलफल गर्ने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज साँझ फेरि छलफल हुने भएको छ।
बिहीबार संसद् भवनमा भएको छलफलपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बेलुकी ७ बजे दुई नेताबीच छलफल हुने बताए ।
उनका संसद् भवनमा भएको छलफलमा प्रधानमन्त्री देउावाले ओलीलाई एमसीसी पारित गर्न सहयोग गर्न आग्रह गरेका छन् ।
‘यो सिंगो विषय हो । तपाईं सरकारमा हुँदा समर्थन गरेको हो । हामी सरकारमा हुँदा समर्थन गर्नस्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने । ओलीले आन्तरिक छलफल गरेर बेलुकी छलफल गर्ने बताएको उनले जानकारी दिए ।

