सत्ताको लाभैलाभ : १३ मध्ये १० सरकारमा माओवादी सहभागी,९ वर्षपछि प्रतिपक्षमा


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) करिब ९ वर्षपछि प्रतिपक्षमा पुग्ने लगभग निश्चित छ । राजनीतिक रुपमा अप्रत्यासित परिवर्तन नभएमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दलको बेञ्चमा हुनेछन् ।

सोमबार मध्यरातमा कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनेसँगै माओवादी प्रमुख प्रतिपक्षी दल बन्ने अवस्थामा पुगेको हो ।

गणतन्त्रपछि सबैभन्दा बढी सत्ताको स्वाद लिएको माओवादी प्रत्येक निर्वाचनमा ओरालो यात्रामा छ ।

माओवादीभित्र पार्टी कमजोर हुनुको समिक्षा भएन् । वरु युद्धकालिन माओवादी नेताहरु गम्भीर आर्थिक अपराधमा फस्न थाले ।

०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले लज्जास्पद पराजय भोगेपछि ०७२ असोजसम्म माओवादी प्रमुख प्रतिपक्षमा बसेको थियो । कांग्रेस र एमालेसहितका दलले सरकार बनाएका थिए ।

०७७ साल पुस ५ गते एमालेका अध्यक्ष केपी ओली नेतृत्वको नेकपा सरकारले संसद् विघटन गरेपछि माओवादी सत्ताबाट बाहिरीयो ।

तर प्रमुख प्रतिपक्षमा कांग्रेस थियो माओवादी सानो दल भएकाले प्रतिपक्ष मात्रै भयो ।

शान्ती प्रक्रियापछि निरन्तर ओरालो

सशस्त्र युद्धमा रहेको तत्कालीन नेकपा माओवादी ०६२ साल मंसिरमा १२ बुँदे सम्झौतामार्फत शान्ती प्रक्रियामा आएको थियो । ०६४ को निर्वाचनमा माओवादी सबैभन्दा ठुलो दल बन्न पुग्यो ।

०६३ सालमा तत्कालीन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको अन्तरिम सरकारबाट माओवादीले सत्ता यात्रा सुरु गरेको थियो ।

गणतन्त्र स्थापनापछि नेपालमा १३ सरकार बने । १४ औं बन्ने तयारीमा छ ।

पछिल्ला १८ वर्षमा बनेका १३ सरकारमध्ये माओवादी १० सरकारमा सहभागि छ । ४ पटक सरकारको नेतृत्व नै ग¥र्यो । प्रचण्डले ३ पटक र डा बाबुराम भट्टराईले एकपटक सरकारको नेतृत्व गरे ।

दर्जनौ मन्त्री बने ।

१३ सरकारमध्ये माओवादी ३ पटक मात्रै प्रतिपक्षमा बसेको छ ।

तीन वटा सरकारमा प्रतिपक्ष दलको भूमिका निर्वाह गरेको छ ।

०६४ को निर्वाचनपछि सबैभन्दा ठुलो दलको हैसियतमा माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरे ।

तर प्रधान सेनापति रुपमाङ्गत कटुवाललाई कारवाही गर्न खोजेपछि उनको सत्ता ढल्यो ।

प्रचण्डले राजीनामा दिए ।

उनको राजीनामापछि एमालेका नेता माधव नेपाल २०६६ सालमा प्रधानमन्त्री भए । संविधानसभा निर्वाचनमा दुईदुई ठाउँबाट पराजित भएका नेपाल कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने । नेपाललाई हारेर पनि संविधानसभामा ल्याउने भूमिका भने प्रचण्डकै थियो ।

नेपालको पालामा माओवादी प्रतिपक्षमा बस्यो ।

नेपाल नेतृत्वको सरकार ढलेपछि माओवादीकै समर्थमा झलनाथ खनाल २०६७ सालमा प्रधानमन्त्री भए ।

खनाल नेतृत्वको सरकार ६ महिनामै ढल्यो । ०६८ सालमा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री बने ।

०७९ साल जेठ १४ गते संविधानसभा संविधान नबनाई भंग भएपछि भट्टराई प्रधानमन्त्रीबाट हटे ।

मुलुकमा राजनैतिक संकट देखियो । दलहरुबीच विश्वासको वातावरण बन्न सकेन्् ।

सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गैरराजनीतिक सरकार गठन भयो ।

०७२ सालमा सुशील कोइरालाको नेतृत्वमा कांग्रेस र एमाले लगायत दलहरू मिलेर संयुक्त सरकार भयो ।

संविधान सभामा पहिलो र दोस्रो ठुलो दल सरकारमा गएपछि माओवादी प्रतिपक्षमा बस्यो ।

०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएपछि एमालेका अध्यक्ष केपी ओली माओवादीको समर्थनमा प्रधानमन्त्री बने । ्

९ महिना नपुग्दै ०७३ सालमा कांग्रेसको समर्थनमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भए ।

०७४ को चुनावी सरकारको नेतृत्व कांग्रेसका सभापति शेरबहादुर  देउवाले गरे ।

०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर चुनावी तालमेल गरी झन्डै दुई तिहाइ ल्याए ।

०७४ फागुन ३ गते ओली माओवादीको समर्थनमा ओली दोस्रो पटक प्रधानमन्त्री भए । तर एमाले माओवादी मिलेर बनेको नेकपा विभाजन भएपछि संविधानको धारा ७६(५) बमोजिम सर्वोच्चको परमादेश अनुसार ०७८ असार २९ गते  देउवा प्रधानमन्त्री भए ।

२०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन गरेर निर्वाचन गए । त्यसपछि एमालेको समर्थनमा प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बने ।

यसरी पछिल्ला १८ वर्षमा बनेका १३ सरकारमध्ये माओवादी १० सरकारमा सहभागी छ ।

तर माओवादी आफ्नै एजेण्डाबाट च्युत हुँदै गएको पार्टीकै नेताहरु बताउँछन् ।

शान्ती प्रक्रिया अझै टुङ्गीएको छैन् ।

बलियो शक्तिको रुपमा उदाएको माओवादी विभिन्न चिरामा विभाजित छ ।

 

प्रतिक्रिया