नेपाललाई टि–२० सिरिजका लागि अफगानिस्तानको प्रस्ताव, नेपालले पठाएन जवाफ


काठमाडौं–अफगानिस्तानले नेपाललाई टि–२० क्रिकेट सिरिजका लागि प्रस्ताव गरेको खुलेको छ ।

विश्वकप क्रिकेट जारी रहेकै बेला अफगानिस्तानले क्यानका पदाधिकारीहरुसँग सिरिजको प्रस्ताव गरेको हो ।

अफगानिस्तानले काबुलमा ३ वटा टि–२० खेल खेल्न प्रस्ताव गरेको क्यानका एक सदस्यले बताए ।

तर अफगानिस्तानको सुरक्षा जोखिमका कारण नेपाल क्रिकेट संघ क्यानले कुनै जवाफ फर्काएको छैन् ।

अफगानिस्तान टेष्ट मान्यताप्राप्त राष्ट्र हो । केही दिनअघि सम्पन्न टि–२० विश्वकपमा अफगानिस्तान सेमिफाइनलसम्म पुगेको थियो ।

क्यानका एक केन्द्रीय सदस्यले कागजपत्रसँग भने,‘अफगानिस्तानमा द्वन्द्व छ । सुरक्षा चुनौती छ । पहिलो कुरा त सुरक्षा जोखिम हो । त्यसपछि त्यस्तो ठाउँमा जान खेलाडी तयार हुनपर्यो । अफगानिस्तानबाहेक अन्य देशमा सिरिज हुने अवस्थामा नेपाल सहभागि हुन्थ्यो । तर अफगानिस्तानमै गएर सिरिज खेल्ने सम्भावना कम छ ।’

पछिल्लो समय नेपाल र अफगानिस्तानको सिरिज हुने चर्चा सामाजिक सञ्जालमा समेत चल्दै आएको थियो ।

तत्काल नेपालले विश्वकप लिग–२ मै ध्यान केन्द्रित गर्ने तयारी गरेको क्यानका ती सदस्यले बताए ।

प्रतिक्रिया