मुकुलको प्रतिवेदन – सभापति लामिछाने भन्दा नरेन्द्र मोदी भेट्न सजिलो [पूर्णपाठ]


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले विभिन्न ३२ जिल्ला पुगेर तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ ।

ढकालले विभिन्न ३२ जिल्लामा पुगेर ३२ दिन लगाएर ३२ पृष्ठको प्रतिवेदन तयार पारेका थिए । उनले पार्टीको अवस्थाबारे जनताको मत संकलन गर्दै समीक्षा प्रतिवेदन तयार पारेका थिए।

प्रतिवेदनमा ढकालले सभापति रवि लामिछानेमाथि नै प्रश्न गठेकाे उल्लेख गरेका छन् । उनले सभापतिभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो भएको भन्दै प्रश्न गरेकाे उल्लेख गरेका छन् ।

डा. ढकालको समीक्षा यात्राको प्रतिवेदनको बुँदा नम्बर ५ को (ञ) को तेस्रो नम्बरमा ढकालले उक्त विषय उल्लेख गरेका हुन् । उनले लेखेका छन्, ‘सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ ।’

यस्तै उनले  रास्वपामा किन ग्यालेक्सीको टिम धेरै भयो ?,  सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो ? , निर्मला पन्तलाई न्याय कहिले मिल्छ भन्ने लगायतका प्रश्न पनि गरेका छन् ।

प्रतिक्रिया