नेकपा एसले दियो सिद्धान्तबिना काँग्रेस-एमाले मिल्नुलाई दक्षिणपन्थी अवसरवादको संज्ञा (पूर्णपाठ)


काठमाडौँ – नेकपा एकीकृत समाजवादीले सत्ता समीकरण बदलेर काँग्रेस-एमालेको मिलनलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिएको छ।

महाधिवेशनबाट पारित १९ बुँदे प्रस्तावमा कुनै सिद्धान्तबिना काँग्रेस र एमाले मिल्नुलाई अस्थिरता निम्त्याउने खेल भएको निष्कर्ष निकालेको हो।

वर्ग संघर्ष सही दिशा र गति दिनका लागि समाजवादी क्रान्तिका लागि वामपन्थीहरुबीचको बृहत् एकता र सहकार्य अगाडि बढाउन सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूलाई आह्वान गरेको छ।

महाधिवेशनले भ्रष्टाचार विरोधी अभियानमा थप सशक्त भएर अगाडि बढ्न ध्यानाकर्षण गराएको छ।

पूर्णपाठ :

प्रतिक्रिया