भोटेकोसीमा ढलान भासिएर फसेका ९ को उद्दार, २ जना फसे , २ बेपत्ता


सिन्धुपाल्चोक – शुक्रबार दिउँसो भोटेकोसी गा।पा।४ झिर्पु इलेक्ट्रो पावर कम्पनी लिमिटेडको ड्यामसाईडको सुरुङको ढलान गर्ने क्रममा ढलान भासिएर फसेका ९ जनाको उद्दार गरिएको छ ।

घाईतेहरुलाई उपचारका लागी बाह्रविसे न।पा।४ स्थित रहेको किस्टोन अस्पतालमा पठाईएको छ । बाँकी २ जना पुरुष ढलानमा च्यापिएको हुँदा निकाल्ने कार्य भैरहेको प्रहरीले बताएको छ । २ जना भने बेपत्ता रहेकोले उनीहरुको खोजि कार्य भैरहेको प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले जानकारी दिए ।

घाइतेहरु बर्दियाका लहानु थारु, दुर्गा चौधरी, दोलखा कालिञ्चोकका आईत बहादुर थामी, विजय थामी, गोपाल थामी, दिपक थामी आईतमान थामी, पदम बहादुर थामी, राम चन्द्र रिमाल र रोल्पाका सासन रोका मगर रहेका छन ।

बेपत्ता हुनेहरुमा बर्दियाका रामदिन थारु र सुमन थारु रहेको प्रहरीले बताएको छ । घटनास्थलमा २० जना नेपाल प्रहरी र ससस्त्र प्रहरीबाट १५ जना र नेपाल आर्मिको १५ जना खटिएका छन ।

प्रतिक्रिया