कोरोना भाइरसका कारण किशोरकिशोरीमा चिन्ता र डिप्रेसनजस्ता समस्या बढ्दो


एजेन्सी – यूकेका बाल परोपकारी संस्थाहरूका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्या लिएर सहयोग खोज्दै आउने किशोरकिशोरीहरूको सङ्ख्या बढिरहेको छ। बीबीसीले नर्थह्याम्प्टनशायरमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रभावित युवायुवती र उनीहरूलाई मद्दत पुर्‍याउनेहरूसँग कुराकानी गरेको छ।

अत्यधिक शैक्षिक र सामाजिक दबावले लियामलाई आफ्नै जीवनको अन्त्य गर्ने सोचमा पुर्‍यायो । १७ वर्षीयले उनले आफूमा चिन्ता बढेर परिस्थिति कति खराब बन्यो भन्ने बारे सुनाएस् ‘मेरो टाउकोमा आवाजहरू गुञ्जिन थाल्यो।’ एक बिहान उनी जुरुक्क उठे र घरबाट निस्किए।

उनी बेपत्ता भएको बारे प्रहरीमा निवेदन दिइएको थियो। कुनै हानि हुनुअघि उनी भेटिए। ‘मैले परामर्शदाताहरूको सहयोग पाउनको लागि घरै छोडेर हिँड्ने गतिविधि गर्नु पर्‍यो,’ लियामले भने। ‘म धेरै समयको लागि प्रतीक्षा सूचीमा थिएँ र त्यो मेरो जीवनको महत्त्वपूर्ण मोड थियो।’

मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोग्ने र सहयोग खोज्नेमा लियाम एक्लो छैनन्। एक संस्था एनएसपीसीसीका अनुसार गत वर्ष चिन्ताका कारण मद्दत खोज्दै आउने बालबालिकाको सङ्ख्यामा ३५ प्रतिशत वृद्धि भएको छ।

द चिल्ड्रेन्स सोसाइटीको तथ्याङ्कले पछिल्लो तीन वर्षमा किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या हुने सम्भावना आधाले बढेको देखाएको छ। द च्यारिटी नामक संस्थाका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका तीनचौथाइ युवाहरूले आवश्यक सहयोग पाएका छैनन्।

नर्थह्याम्प्टनको एबिङ्टन एभिन्यूस्थित स्वास्थ्य संस्थामा काम गर्ने निटोले अहिले मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू १० वर्ष पहिलेभन्दा ‘ठूलो मात्रा’ भएको बताए।

‘गम्भीर चिन्ता, अवसाद (डिप्रेसन), आत्महत्या वा आत्महत्याको प्रयास गर्ने धेरै घटनाहरू बढेको छ। अवस्था गम्भीर छ,’ उनले भने। डा। निटोले सामाजिक सञ्जाल एक प्रमुख समस्या भएको बताए। धेरै बच्चाहरू फोनका कारण ढिलोसम्म सुत्दैनन्। उनले भने, ‘सामाजिक सञ्जालले जीवनको धेरै नराम्रो पाटो देखाउँछ। यो स्वस्थ छैन। यसको प्रयोग गर्दागर्दै चलाउन अल्छी लाग्ने समय आउनुपर्छ।’

धेरै युवाहरूले आफ्नो चिकित्सकसँग मानसिक स्वास्थ्यको बारेमा कुरा गर्दैनन्। चिल्ड्रेन्स सोसाइटीका अनुसार दुईतिहाइभन्दा बढी युवाहरूले चिकित्सकको सम्पर्कमा नगई मानसिक स्वास्थ्य सहायता पाउन रुचाउँछन्।

सिन्डी राइटिङ केटरिङमा सञ्चालित एक युवासम्बन्धी संस्था ‘यूथ वर्क’की प्रमुख कार्यकारी हुन्। उनी युवाहरूलाई परामर्श, ड्रप-इन सत्रहरू (जसमा जोकोही पनि परामर्शका लागि आउन सक्छ) र सल्लाहहरू प्रदान गर्छिन्।

उनका अनुसार केही वर्षयता चिन्ताको समस्या व्यक्त गर्ने युवाहरू बढेका छन्। परोपकार संस्थाको परामर्शका लागि प्रतीक्षा सूचीमा करिब १७० जना युवा छन्।
मानसिक स्वास्थ्यस् किशोर किशोरीमा चिन्ता, डिप्रेसन र आत्म-हानि गर्ने समस्या बढ्दो

राइटिङले सेवा प्रयोग गर्नेको सङ्ख्या दुई वर्षअघिको भन्दा झन्डै दोब्बर भएको बताइन्। उनी बालबालिकामा शैक्षिक दबावलाई समस्यासँग जोड्छिन्। ‘विद्यालयमा बालबालिकालाई परीक्षा दिएपछि निश्चित ग्रेड ल्याउनु पर्ने दबाव छ,’ उनले भनिन्।

‘त्यस्तै अहिलेका बालबालिकाको सामाजिकीकरण सामाजिक सञ्जाल केन्द्रित छ। लकडाउनका कारण पनि त्यो सङ्ख्या उच्च भएको छ।’ परामर्शका लागि पुग्ने युवाहरूका लागि, उनीहरूको भावनात्मक पाटोमा काम गर्नका लागि ठाउँ दिइन्छ।

उनीहरूलाई जीवनलाई हेर्ने नयाँ दृष्टिकोण विकास र मानसिक स्वास्थ्यको पाटो व्यवस्थापन गर्नका लागि विभिन्न उपायहरू सिकाइन्छ। लियाम एक प्रतिनिधि पात्र हुन्।

उनले यूथ वर्कमा जानुअघि आफूमा ‘सामाजिक दबाव, अपेक्षाहरू र आत्मशङ्का’ विकास भएको अनुभव सुनाए।

‘यहाँका मानिसहरूले मलाई बुझेका छन्,’ उनले भने, ‘उनीहरू साँच्चै सहयोगी र मिलनसार छन्।’ चिन्ताकै कारण आफ्नी आमासँगको सम्बन्ध खस्किएको सम्झन्छन्।

उनी भन्छन्,’तर अहिले फेरि बलियो बनेको छ। आजभोलि हामी एकअर्कासँग हाँस्न र ठट्टा गर्न सक्छौँ।’

यूथ वर्कले १६ देखि २४ वर्ष उमेर समूहलाई सहायता दिन्छ। विशेषगरी शिक्षा, रोजगारी र तालिमहरूबाट वञ्चित युवाहरूलाई प्राथमिकता दिइन्छ। १४ वर्षीय चार्लीले शैक्षिक दबावविरुद्ध लड्न निकै सङ्घर्ष गर्नु पर्‍यो। उनले परामर्शले आफूलाई ‘धेरै खुसी र थप आत्मविश्वासी’ बनाएको सुनाइन्।

कोरोना भाइरस एकान्तवास : तनाव घटाएर स्वस्थ रहने पाँच उपाय

पाँच वर्षअघि उनको बुबा र आमाको सम्बन्धविच्छेद भयो। त्यसपछि हिथलाई चिन्ताको समस्याले गाँज्यो।

‘चिन्ता हरेक दिन झन् खराब हुँदै गइरहेको थियो। मलाई हरेक दिन प्यानिक अट्याक हुन थालेको थियो किनकि मैले लामो समयसम्म आफ्नो भावनालाई दबाउनु परेको थियो।’

परामर्शदाताहरूले कसैको सहायताबिना ती कुराहरू झनै भयानक बन्ने बताएका थिए। हाल उनले मनोसहयोग लिइरहेकी छन्।

प्रतिक्रिया