बकरइदमा कुर्बानीको नाममा आफ्नै घाँटी काटे, आत्महत्यापूर्व लेखेका थिए यस्ताे चिठी


देवरिया, उत्तर प्रदेश – भारतकाे उत्तर प्रदेशस्थित देवरिया जिल्लामा बकरइदको दिन एक वृद्धले बाख्रा काट्ने चक्कु प्रयोग गरेर आफ्नै घाँटी काटेर आत्मबलिदान गरेका छन्। उक्त हृदयविदारक र सनसनीपूर्ण घटना गौरीबजार थाना क्षेत्रको उधोपुर गाउँमा भएको हो। ६० वर्षीय ईश मोहम्मद अंसारीले नमाज पढेपछि घर फर्किएर आफ्नो झोपडीमा गएर आत्महत्या गरेका हुन्।

घटनास्थलबाट प्रहरीले एउटा आत्महत्या नोट बरामद गरेको छ, जसमा ईश मोहम्मदले आफूले स्वेच्छाले ‘आफ्नै बलिदान’ दिएको उल्लेख गरेका छन्। उनले लेखेका छन्: “मानिसले बाख्रालाई आफ्नो छोराजस्तै पाल्छ र कुर्बानी दिन्छ। तर ऊ पनि एक जीव हो। म अल्लाह र रसूलको नाममा आफूलाई कुर्बानी दिइरहेको छु। मेरो हत्या कसैले गरेको होइन। मेरो कब्र खूंटे नजिक बनाइयोस्।”

आत्मबलिदानको पछाडि तान्त्रिक विश्वास ?
ईश मोहम्मदकी पत्नी हाजरा खातुनका अनुसार उनी धार्मिक आस्थावान व्यक्ति थिए र तान्त्रिक शक्तिमा विश्वास राख्थे। उनी प्रायः किछौछा दरगाह (आम्बेडकर नगर) जान्थे। बकरइदको अघिल्लो दिनमात्र उनी त्यहाँबाट फर्किएका थिए। कुर्बानीको दिन उनी झोपडीमा धूपबत्ती बालेर तान्त्रिक क्रियाकलाप गर्दै थिए। त्यही क्रममा उनले धारिलो हतियारले आफ्नो घाँटी रेटेका थिए।

आफ्नो बलिदानपूर्व उनले गाउँका प्रधान र प्रशासनलाई चिठी लेखेका थिए, जसमा उनले आफ्नो निर्णय आफैंले लिएको स्पष्ट पारेका थिए। परिवारले गम्भीर अवस्थामा उनलाई अस्पताल पुर्‍याए पनि गोरखपुर मेडिकल कलेजमा उनको मृत्यु भयो।

प्रतिक्रिया