८ हजार घुस रकमसहित सीडीओ कार्यालयका नासु अख्तियारको नियन्त्रणमा


जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाबाट सेवाग्राहीसँग घुस लिने एक नायव सुब्बालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा उमेश चौधरीलाई अख्तियारको बर्दिवासबाट खटिएको टोलीले ८ हजार रुपैयाँ घूससहित मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीलाई नागरिकताको प्रतिलिपीमा उमेर सच्याइदिने नाममा घूस लिँदै गरेको भन्ने सुचनाको आधारमा नायब सुब्बा चौधरीलाई मंगलबार साँझ घुस रकमसहित पक्राउ गरेको हो ।

जनकपुरधामको क्याम्पस चोकस्थित एक होटेलमा बसेरघुस लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

नासु चौधरीविरुद्व थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया