सुर्खेतस्थित जनमाविका कागजात अख्तियारको नियन्त्रणमा


सुर्खेत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरेन्द्रनगरस्थित जन माध्यमिक विद्यालय (जनमावि)का कागजात नियन्त्रणमा लिएको छ ।

कक्षा ११ का विद्यार्थी भर्नाको क्रममा रसिदबिना नै रकम संकलन गरेको भन्दै कार्यालय सहायक र सूचना सहायकको दराजका कागजात नियन्त्रणमा लिएको आयोगका सुर्खेत कार्यालयका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।

उनका अनुसार अख्तियारको टोलीले नगद दुई लाख ७६ हजार ६९० रुपैयाँसहित आवश्यक कागजात नियन्त्रणमा लिएको हो ।

उनले भने, ‘जनमाविले साउन २६ गते प्रकाशित ११ को प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण विद्यार्थीहरुबाट संविधान, सम्मानित उच्च अदालत सुर्खेतको ०७८ मंसिर १ गतेको परमादेश र ०७८ जेठ २३ गतेको अन्तरिम आदेश विपरीत भर्ना शुल्क लिएको भन्ने उजुरी छ ।’

विद्यालयले रकम लिएको बिलसमेत नदिएको भन्ने उजुरीका आधारमा विद्यालयका कगजात नियन्त्रणमा लिइएको उनले बताए ।

प्रतिक्रिया