एक लाख घुस लिएका खरिदारसहित तीन जना पक्राउ


काठमाडौं – चाबहिल मालपोत कार्यालयका खरिदारसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएकाे छ।

बिहीबार साँझ सेवाग्राहीलाई काठमाडौं-७ मा रहेको मुस्ताङ हाम्रो थकाली भान्छाघरमा बोलाएर घुस लिइरहेको अवस्थामा खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई अख्तियारले पक्राउ गरेको हो।

विचौलियाको काम गर्ने विनोद श्रेष्ठ र होटल व्यवसायी मीना मगरलाई पनि अख्तियारले पक्राउ गरेकाे छ। अख्तियारले खरिदार बस्नेतको साथबाट १ लाख रुपैयाँ र होटलको काउन्टरबाट ३५ हजार रुपैयाँ नगद बरामद गरेकाे जनाएको छ।

प्रतिक्रिया