१ करोड ८७ लाख भष्टाचार गरेको आरोपमा भन्सारका नासु अख्तियारको फन्दामा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार जाँचपास परिक्षण कार्यालय तिनकुनेमा नासु पदमा कार्यरत देवी बहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नासु थापाले १ करोड ८७ लाख ४७ हजार १ सय ४९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर गरेको छ ।

नासु थापा २०५६ साउन ५ गते विचारी पदमा सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५-०७६ सम्मको जाँच अवधिमा निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफू, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरूका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी गरेको अख्तियारले अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।

प्रतिक्रिया