रोल्पामा ५० हजार घुससहित इन्जिनियर डाँगी पक्राउ


काठमाडौं – रोल्पा जिल्लाको गंगादेव गाउँपालिका इन्जीनियर नविन डाँगी ५० घुस रकमसहित पक्राउ परेका छन् ।

इन्जीनियर डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले घुससहित शुक्रबार नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार डाँगीलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित सोहि गाउँपालिका-२ स्थित स्वास्थ्य शाखाको भवनमा रहेको निजकै निवासबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया