३ लाख रुपैयाँ भष्टाचार गर्ने प्रधानाध्यापकविरुद्ध अख्तियारको मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको बैजनाथ गाउँपालिका ८ मा रहेको श्री शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक मुहम्मद युनुस खाँविरुद्ध विशेष अदालतमा रिट दायर गरेको छ ।

प्रधानाध्यापक मुहम्मद युनुस खाँले शिक्षा नियमावली, २०५९ को परिच्छेद २९ नियम १६५ अनुसार विद्यालयले प्राप्त रकम खर्च नगरी छात्रवृति वितरण तर्फको रकम र कम्प्युटर खरिदतर्फको रकम गरी कुल ३ लाख २ हजार १ सय ९७ रुपैयाँ भष्टाचार गरेको अख्तियारको ठहर छ ।

२०६८ सालदेखि २०७४ सालस्म्म छात्रवृत्तिको लागि प्राप्त रकम, कम्प्यूटर खरिद, भवन निर्माण र शौचालय निर्माण कार्यमा तथा विद्यालयको आन्तरिक स्रोत समेतको दुरुपयोग गरेको उजुरी परेपछि आयोगले छानविन गरेको थियो ।

प्रधानाध्यापक खाँलाई सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गरेको बिगो तीन लाख दुई हजार एक सय सन्तानब्बे रुपैयाँ कायम गरी सो रकम बराबर जरिवाना र सो रकम निजबाट असुल उपर समेतको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।

 

प्रतिक्रिया