चार जना जनप्रतिनिधिलाई निलम्बन गर्न अख्तियारको पत्राचार


काठमाडाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जना जनप्रतिनिधिलाई निलम्बन गर्न पत्राचार गरेको छ । अख्तियारले सम्बन्धित स्थानीय तह र निर्वाचन आयोगलाई पत्राचार गरेको हो ।

निलम्बनमा राख्न भनिएका जनप्रतिनिधिहरूमा कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायसहित सोही गाउँपालिकाको वडा नम्बर ३ का नन्दराम गिरि, नुवाकोटको विदूर नगरपालिका वडा नम्बर ९ का हरिराम भण्डारी र अछामको पञ्चदेवल नगरपालिका वडा नम्बर ७ का सुरत बहादुर रावल रहेका छन् ।

भ्रष्टाचारको कसुरमा आयोगबाट विशेष अदालतमा आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्तिहरु स्थानीय तहको निर्वाचन, २०७९ मा निर्वाचित भएको सम्वन्धमा कानुनअनुसार उनीहरुलाई निलम्बनको व्यवस्था कार्यान्वयन गर्न गराउन सम्वन्धित निकाय समक्ष लेखी पठाइएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया