पठानमा एजेन्ट दीपिका


मुम्बई(एजेन्सी)– बलिउड अभिनेता शाहरुख खानको छायांकनरत फिल्म ‘पठान’का बारेमा आइरहेका विभिन्न समाचारले आमदर्शकको ध्यान तानिरहेको छ । हालैमात्र फिल्मका लागि शाहरुखले बनाएको लामो कपालको तस्बिर सामाजिक सन्जालमा भाइरल भएको थियो । अहिले पनि शाहरुखको नभई दीपिकाको चर्चा हुन थालेको छ ।

समाचार अनुसार फिल्ममा दीपिका एक एजेन्टको भूमिकामा देखिँदैछिन् । ‘फिल्मको कथा नै एजेन्टको दुनियाँसँग सम्बन्धित छ । त्यहीकारण दीपिकाले यो फिल्ममा धेरै स्टन्ट दिनेछिन् । अर्थात उनलाई एक्सन अवतारमा हेर्न पाइनेछ’ फिल्म निकट स्रोतले भन्यो । फिल्मको नाम भलै शाहरुखसँग मिल्दो जुल्दो भए पनि दीपिकाको भूमिका उत्तिकै दमदार छ । फिल्म युनिटले फिल्ममा दीपिकाको भूमिका सलमानको फ्रेन्चाइजी फिल्म ‘टाइगर’मा कटरीनाले निभाएको भूमिका जस्तै हुनेछ ।

फिल्मको सुटिङ मुम्बईमा नोभेम्बर १८ बाट शुरु भइसकेको छ । फिल्मको दोस्रो समय तालिका भारतबाहिर दुबईमा हुनेछ ।

प्रतिक्रिया