कमेडियन राजु श्रीवास्तवलाई ज्यानको धम्की


मुम्बई(एजेन्सी)–भारतीय कमेडियन तथा उत्तर प्रदेश फिल्म विकास परिषदका प्रमुख राजु श्रीवास्तवलाई ज्यानको धम्की आएको छ । अज्ञात व्यक्तिले राजुसहित उनका सल्लाहकार अजित सक्सेना र पीआरओ गर्वित नारंगलाई पनि ज्यान लिने धम्की दिएको छ । धम्कीपछि राजुले गृहमन्त्री अमित शाहसँग यो मामलामा गम्भीर ध्यान दिइ आफुहरुलाई सुरक्षाको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

राजुलाई ७ वर्ष अघि पनि कराची र दुबईबाट ज्यान लिने भन्दै फोन आएको थियो । त्यो समयमा पनि उनले यी फोनलाई लिएर महाराष्ट्र प्रहरीमा एफआइआर दर्ता गराएका थिए ।

राजुले हालैमात्र एक भिडियो जारी गरेका थिए । जसमा उनी यूपीका माफिया र अवैध निर्माणकर्तालगायतका विषयमा बोलेका थिए । यही कारण उनीसँगै उनको पत्नी र छोराछोरीलाई पनि धम्की दिइएको थियो ।

प्रतिक्रिया