आमनिर्वाचन मंसिरमा, प्रेस युनियनको महाधिवेशन साउनमै हुन्छ : प्रवक्ता डा. महत

आईएफजे एसिया प्यासिफकमा सदस्य निर्वाचित सिग्देललाई सम्मान


काठमाडौं –नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिरमा हुने जनाएका छन् ।
अन्तराष्ट्रिय प्रत्रकार महासंघ (आईएफजे) एसिया प्यासिफिकको दक्षिण एसिया क्षेत्रबाट सदस्य निर्वाचित नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई मंगलबार प्रेस युनियनको केन्द्रीय कार्यालय थापागाउँमा आयोजित एक कार्यक्रमबीच सम्मान गर्दै कांग्रेस प्रवक्ता डा.महतले आगामी मंसिरमा हुने आम निर्वाचनमा संचार जगतको भूमिका महत्वपूर्ण हुने बताए ।

‘नेपाली कांग्रेस सँधै स्वतन्त्र प्रेसको पक्षमा रहेको छ । हामी प्रेसलाई कहिल्यै हस्तक्षेप गर्ने पक्षमा छैनौं’, प्रवक्ता डा. महतले भने, ‘प्रेस युनियनका अध्यक्ष नै आइएफजेको सदस्यमा निर्वाचित भए पछि नेपालमा स्वतन्त्र प्रेसको लागि उपयुक्त वातावरण बन्ने छ ।’

प्रवक्ता डा. महतले प्रेस युनियन कांग्रेसको शुभेच्छुक संस्था भएकाले आगामी साउन पहिलो साता हुने प्रेस युनियनको महाधिवशेनमा पार्टीले सहजीकरणको भूमिका निर्वाह गर्नै बताए ।

सम्मानित व्यक्तित्व बद्री सिग्देलले नेपाल प्रेस युनियनको आगामी साउन ६ र ७ गते बाढी, पहिरो, वर्षा जे आए पनि माहाधिवेशन भएरै छाड्ने भन्दै इच्छुक पत्रकारलाई आफू कुन पदमा उम्मेदवार हुने हो त्यसको लागि चुनावी प्रचार थाल्न आव्हान समेत गरे ।

नेपाल प्रेस युनियन अन्तराष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को सदस्यता लिने नेपालको पहिलो संस्था हो । नेपालमा प्रेस युनियनपछि नेपाल पत्रकार महासंघ र नेपाल युनियन अफ जर्नासिल्ट गरी तीन वटा संस्था सदस्य रहेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रेस युनियनका अध्यक्ष सिग्देललाई आईएफजेको सदस्यमा निर्वाचित भएकोमा हार्दिक बधाई दिँदै आगामी दिनमा नेपालमा हुने प्रेस स्वतन्त्रताबिरोधी क्रियाकलापको निगरानी र खबरदारी गर्न झन सहयोग पुग्ने विश्वा व्यक्त गरे ।

प्रतिक्रिया