टेलिभिजनमा सानियाको डिजिटल डेब्यू


मुम्बई(एजेन्सी)–टेनिसकी प्रख्यात खेलाडी सानिया मिर्जा एमटीवी निषेध अलोन टूगेदरका साथ डिजिटल डेब्यू गर्दैछिन् । उनले यो शोको उद्देश्य क्षयरोगको बारेमा जागरुकता बढाउनु रहेको बताइन् । सानियाले फिक्सन सिरिजमा आफ्नो भूमिका निभाउनेछिन् ।

टेलिभिजन शो एमटीवी निषेधको प्रिमियर यसै वर्षको जनवरीमा भएको थियो । ‘क्षयरोग हाम्रो देशको सबैभन्दा पुरानो स्वास्थ्य समस्यामध्ये एक हो । क्षयरोगको आधा मामला त ३० वर्षभन्दा कम उमेरका मानिसमा देखिएको छ । यो रोगबाट निर्मुल हुन र यसको धारणामा परिवर्तन ल्याउन आवश्यक छ’, सानिया भन्छिन् ।

उनका अनुसार टेभिजिन शोमा अनौठो र प्रभावकारी किसिमले आजकलका युवा यो मुद्धाको बारेमा आफ्नो जागरुक र सचेततामा कति प्रतिभावान छन् भन्ने कुरा देखाउने छ । यो शो एक युवाजोडी विक्की र मेघाको चुनौतिको बारेमा पनि हो । यो शोमा सानियाले लकडाउनका समयमा युवा जोडीहरुमा आएको समस्या र चुनौतिका विषयमा आफ्नो धारणा राख्नेछिन् । शोमा अक्षय नलवाडे र अश्विन मुशरान पनि छन् ।

प्रतिक्रिया