राजनीतिबाट अलग्गिए विजय


मुम्बई(एजेन्सी)–बलिउड र दक्षिण भारतीय फिल्म उद्योगका कैयौं कलाकार फिल्म पछि राजनीतिमा पनि पाइला चालेका छन् । जसमा केही सफल भए भने केहीका लागि राजनीति अफापसिद्ध नै बन्यो । दक्षिण भारतीय फिल्मका सुपरस्टार विजयलाई पनि केही यस्तै हुँदैछ । यही कारण उनले आफ्नो पिताको पार्टीबाट आधिकारिक रुपमा अलग्गिने निर्णय लिएका छन् ।

विजयले आफ्ना फ्यानलाई आफू कुनै राजनीतिक पार्टीसँग नजोडिएको जानकारी दिएका छन् । यसपछि उनले आफू पिताको पार्टीबाट अलग्गिएको समेत बताएका छन् । विजयको यो निर्णयले उनका फ्यानहरु छक्क परेका छन् । उनको यो निर्णयले विजय र उनको पिताबीचको सम्बन्ध राम्रो नरहेको अनुमान लगाएका छन् ।

‘मेरो पिताको पार्टीबाट मेरो बारेमा जे कुरा आयो, त्यो बारेमा मलाई थाहा छैन । यदी कोही राजनीतिक आकांक्षाका लागि मेरो नाम या फोटो प्रयोग गर्छन् भने म उसमाथि कारवाही गर्नेछु’, उनले भनेका छन्, ‘मेरो पिताले जुन राजनीतिक विज्ञप्ती जारी गर्नुभएको छ, त्यसमा मेरो कुनै सम्बन्ध छैन । म आफ्नो पिताको राजनीतिक आकांक्षालाई पालन गर्दाका लागि बाध्य छैन । म मेरा फ्यानहरुलाई यो अनुरोध गर्न चाहन्छु कि मेरो पिताले जुन पार्टी शुरु गर्नुभएको छ, त्यसमा आबद्ध नहुनुहोला ।’

प्रतिक्रिया