सरकारले भोलि आगामी आवका लागि बजेट ल्याउने


काठमाडौं- संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउँदै छ। आगामी आवको बजेट बिहीबार दिउँसो ३ बजे सार्वजनिक हुँदैछ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो ।

बिहीबार बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएको भए पनि बजेट ल्याउन दिने विपक्षी दलले बताएका छन्।

प्रतिक्रिया