


बझाङमा भूकम्पको धक्का

बझाङ- बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, बझाङको मासदेव केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि बुधबार नै कास्की केन्द्रविन्दु भएर ४.४ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

