


ऋषभ पन्तलाई ३० लाख भारु बराबरको जरिवाना

काठमाडौं- लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटको जरिवाना लागेको छ। लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)सँगको खेलमा उनलाई तेस्रो पटक स्लोओभरको कारबाही भएको हो।
उनलाई ३० लाख भारतीय रुपैयाँ बराबरको जरिवाना लाग्नेछ। कप्तान पन्तबाहेक टिममा रहेका प्लेइङ ११ मा रहेका खेलाडीको म्याच फिबाट १२ लाख भारु अथवा ५० प्रतिशतसम्म कटौती हुन सक्नेछ। यसअघि लखनउले अप्रिल ५ र अप्रिल २६ मा स्लो ओभरको कारबाहीमा परेको थियो।
ऋषभको यो तेस्रो कारबाही भएतापनि उनी अघिल्लो सिजनका लागि प्रतिबन्धमा भने पर्ने छैनन्। पछिल्लो सिजन (२०२४) मा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्याले प्रतिबन्ध भोगेका थिए। जसका कारण उनले यस सिजनको आइपीएलको सुरुवाती खेल खेल्न पाएका थिएनन्।
लिग चरणको अन्तिम खेलमा आरसीबीसँग ६ विकेटको हारसहित ऋषभको टिमले २०२५ को आइपीएल सकेको छ। लखनउले १४ खेलमा १२ अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा रहँदै आइपीएलको यो सिजन सकेको हो।

