सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसँग २४ घण्टे स्पष्टीकरण माग


काठमाडौं – निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग निर्वाचन आयोगले  २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएकाले मुख्यमन्त्री भट्टसँग स्पष्टीकरण सोधेको बुधबार आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरी जनाएका छन् ।

यस्तै, आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि २४ घण्टे स्पष्टीकरण मागेको छ ।

प्रतिक्रिया