काठमाडौं महानगरपालिकाको मत गणना शुरु हुँदै


काठमाडौं – काठमाडौं महानगरपालिकाको मत गणना कार्य शुक्रवार राती ८ बजेबाट शुरु गरिने निर्वाचन आयोगले बताएको छ ।

मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ ।

अहिले महानगरका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ ।

प्रतिक्रिया