साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार


साइप्रस- साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार भएको छ ।

लिमासोलको आयोस एन्ड्रियास क्षेत्रमा आइतबार बिहान करिब चार बजे रगतले लतपतिएको अवस्थामा दुई नेपाली घाइते अवस्थामा भेटिएको साइप्रसको एक सञ्चारमाध्यमले जनाएको छ ।

उनीहरूमध्ये एकजना ३३ वर्षीय र अर्का २५ वर्षीय युवक भएको जनाइएको छ । घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ । लिमाजोल जनरल अस्पतालको इन्टेन्सिभ केयर युनिटमा उनको उपचार भइरहेको छ ।

स्थानीय सिटी सीआईडीले घटनाको अध्ययन गरिरहेको छ । आक्रमणकारीको पहिचान हुन नसकेको जनाइएको छ ।

प्रतिक्रिया