भारतमा ज्वेलर्स पसलमा चोरी गर्न लागेको आरोपमा ४ नेपाली पक्राउ


बेंगालुरु- भारतको बेंगालुरुस्थित भगवथी बैंकर्स एण्ड ज्वेलर्सको पसलमा चोरी गर्न लागेकाे आरोपमा चारजना नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४२ वर्षिय दीपककुमार ठाकुर, ४२ वर्षकै मनोज सिंह, २८ वर्षिय बीम बहादुर शाही र २४ वर्षिय विवेक शाही भएको जनाइएको छ ।

उनीहरुले पसलको भित्तोमा ड्रिलिङ गरिरहेको थाहा पाएपछि पसलका मालिकले प्रहरीलाई खबर गरेका थिए ।

उनीहरू  यसअघि पनि चोरी काण्डमा परेर पक्राउ परेकोमा दुई हप्ता अघि मात्रै छुटेका थिए । गएको जुनमा उनीहरुले एक घरमा समेत चोरी गरेका थिए ।

प्रतिक्रिया