निर्वाचनमा गठबन्धनले योजनाबद्ध धाँधली गरेको एमालेको आरोप


काठमाडौं – स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले जसरी पनि जित्न धाँधलीको साहार लिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आरोप लगाएको छ।

एमाले महासचिव शंखर पोखरेलले एक विज्ञप्ती जारी गर्दै सत्ता गठबन्धनले लोकतन्त्रको खिल्ली उडाउँदै यस्तो गरेकोमा खेदसमेत व्यक्त गरेको छ।

एमालेले निर्वाचनमा गृह प्रशासन गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भएको आरोपसमेत लगाएको छ। मतगणनाको सयममासमेत गठबन्धनले योजनाबद्ध धाँधली गरेको एमालेको आरोप छ।

निर्वाचन शुरु हुनुअघि, मतदानको समयमा र मतगणनाको समयमा गठबन्धनले नाँचो नाच देखाएको एमालेको आरोप छ।

विज्ञप्ति: 

प्रतिक्रिया