अमेरिकामा पौडी खेल्ने क्रममा अस्ताए ‘चम्किला तारा’


काठमाडाैं- जनकपुरका राजु झा २०१९ मा अमेरिकाको साउदर्न इलिनोइस युनिभर्सिटी कार्बोन्डालेमा स्ट्रक्चरल इन्जिनियरिङ पढ्नका लागि अमेरिका गएका थिए ।

मास्टर्स डिग्री पूरा गरेपछि उनले जाकोब इन्जिनियरिङ पोर्टल्यान्डमा २०२१ मा काम थालेका थिए । गत शनिबार बेलुका २८ वर्षीय झा आफ्ना साथीहरूसँग पौडी खेल्न ग्लेसियर नेसनल पार्कस्थित म्याकडोनाल्ड तालमा गएका थिए । तर, पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भयो । साथीहरूसँग बिदा मनाउन गएका उनको मृत्युपछि साथी प्रशान्त नरेन्द्रनले झा स्तब्ध भएका छन् । उनले ‘चम्किलो तारा’ जस्तो राजु यो संसारमा नभएको भनेर विश्वास गर्नै गाह्रो भएको बताएका छन् । उनका अनुसार झाका नेपालमा आमा, बाबु र एक भाइ छन् ।

साथीहरूका अनुसार राजु पौडी खेल्न अनुभवी थिएनन् । उनी केही बेरमा नै पानीमुनि पुगेको र बाहिर ननिस्केको जनाइएको छ । उनको शव करिब ४० फिट तल भएको उद्धार दलले पत्ता लगाएको थियो । शव राति ८ः३० बजेतिर बाहिर निकालिएको थियो ।

झाको शव नेपाल पठाउनका लागि गो फन्डमार्फत सहयोग मागिएको छ । यसअन्तर्गत तीन दिनमा ३९ हजार डलर उठेको र सो रकम ५० हजार सम्म पुर्याउने लक्ष्य लिइएको बताइएकाे छ ।

प्रतिक्रिया