कांग्रेस ७७, एमाले ५५ र माओबादी ३९ तहको प्रमुखमा विजयी

स्थानीय तहको १७३ स्थानको मत परिणाम सार्वजनिक


काठमाडौं । स्थानीय तहको बैशाख ३० गते सम्पन्न निर्वाचनको पछिल्लो मत परिणाम अनुसार १७३ स्थानीय तहका जनप्रतिनिधिहरू निर्वाचित भएका छन् । हालसम्म नेपाली कांग्रेसले सबैभन्दा धेरै ७७ वटा स्थानीय तहको प्रमुखमा विजय हासिल गरेको छ । कांग्रेसले २३८ स्थानमा अग्रता कायम गरेको छ ।

यस्तै, नेकपा एमालेले ५५ वटा स्थानीय तहमा प्रमुखमा विजय हासिल गरेको छ भने एक सय २७ वटा स्थानीय तहमा अग्रता लिएको छ ।

माओबादी केन्द्रले ३९ स्थानीय तहमा विजय हासिल गरेको छ भने ७८ स्थानीय तहमा अग्रता आसिल गरेको छ । नेकपा (एकीकृत समाजबादी)ले २ स्थानीय तहमा विजय हासिल गरेको छ भने १७ वटा स्थानीय तहमा अग्रता लिएको छ ।

जनता समाजबादी पार्टीले २९ वटा स्थानीय तहमा अग्रता लिएको छ  भने लाेकतान्त्रिक समाजवादी पार्टीले १२ स्थानीय तहमा अग्रता लिएकाे छ । काठमाडौं महानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया