हेटौँडा उपमहानगरको मत आजै रातिदेखि गन्न थालिने


मकवानपुर – हेटौँडा उपमहानगरपालिकामा खसेको मत सिद्धार्थ माध्यमिक विद्यालयमा गणना हुने भएको छ । मत गणनाका लागि सबै तयारी पूरा भएको र आजै रातिदेखि गणना गर्ने गरी तयारी पनि थालिएको छ ।

हेटौँडाका १९ वटै वडाबाट मतपेटिका प्राप्त भएपछि गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।अहिले हेटौँडाका विभिन्न वडाबाट मतपेटिका सङ्कलनको काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मकवानपुरका दश वटै पालिकामा मतदान सकिएको छ ।  मतदानको काम सकिएलगतै गणनाका लागि मतपेटिका सङ्कलन गर्ने काम सुरु भएको छ ।

 

प्रतिक्रिया