विवाहको दुई महिनामै नेहा कक्कड गर्भवती !


मुम्बई(एजेन्सी)– बलिउड गायिका नेहा कक्कड आफ्ना फ्यानका लागि सरप्राइज दिन माहिर छिन् । दुई महिना अघि अचानक विवाह गरेकी यी गायिका अब आमा बन्ने तयारीमा छिन् । उनले पतिका साथ बेबी बम्पको तस्बिर इन्स्टाग्राममा राखेपछि उक्त तस्बिर सामाजिक सन्जालमा भाइरल भएको छ ।

उनले इन्स्टाग्राममा पति रोहनप्रीतसँगको एक तस्बिर राखेकी छन् । फोटोमा उनले र पति रोहनप्रीतले पेटमा हात राखेका छन् । क्याप्सनमा उनले ‘खयालराख्याकरह्यासट्याग’ लेखेकी छन् । उनी गर्भवती भएको खबर सार्वजनिक भएपछि उनका फ्यान उत्साहित छन् ।

पोस्टपछि उनलाई सामाजिक सन्जालमा बधाई दिनेको लर्को लागेको छ । उनका भाई टोनी कक्कडले कमेन्ट बक्समा ‘अब म मामा बन्दैछु’ भनेर लेखेका छन् । रोहनप्रीतले उनको कमेन्टमा अर्को कमेन्ट लेख्दै ‘अब त केही बढी ख्याल नै राख्नुपर्नेछ’ भनी लेखेका छन् ।

उनीहरुले गत अक्टोबर २४ मा विवाह गरेका थिए । यो विवाह दिल्लीमा भएको थियो । विवाहको हरेक कार्यक्रमको फोटो सामाजिक सन्जालमा भाइरल भएको थियो । विवाहपछि दुवै हनिमुनमा गएका थिए ।

नेहाका अनुसार दुवैको भेट लकडाउनको समयमा भएको थियो । त्यसपछि उनीहरु प्रेममा परेका थिए ।

प्रतिक्रिया