

मनीष पललाई कोरोना संक्रमण

मुम्बई(एजेन्सी)–फिल्म ‘जुग जुग जियो’को टिममा यो समयमा कोरोना भाइरसको खतरा मडारिएको छ । वरुण धवन, निर्देशक राज मेहता र नीता कपूर पछि अब मनीष पल कोरोना भाइरसको शिकार भएका छन् । मनीष हाल मुम्बईमा छन् । यद्यपि उनी आइसोलेसनमा छन् र उनी अस्पतालमा भर्ना भएको भन्ने कुरा केही बाहिर आएको छैन । शरीरमा हल्का ज्वरो आएपछि उनी मुम्बई फर्किएका थिए । उनले आफ्नो कोभिड टेस्ट गराएपछि रिपोर्ट पोजेटिभ आएको हो ।
मनीषले पनि आफ्नो स्वास्थ्यका बारेमा केही पनि ट्वीट गरेका छैनन् । तर वरुणले आफू कोरोनाको शिकार भएको जानकारी दिएका थिए । नीतू, वरुण र राजलाई कोरोना संक्रमण भएपछि फिल्मको छायांकन रोकिएको थियो । फिल्म चण्डीगढमा छायांकन भइरहेको थियो ।
फिल्मको छायांकन शुरु हुनु अघि कलाकार र प्राविधिकको कोरोना टेस्ट गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । तर फिल्मकै लागि केही दिन अघि एक भजनकिर्तन गीत छायांकन गर्दा भीड आवश्यकता पर्ने भएपछि त्यो गीत खिच्दा संक्रमण आएको हुनसक्ने अनुमान गरिएको छ ।

