५ पूर्वप्रधानमन्त्रीले भनेको ‘कुरीकुरी’को अर्थ


काठमाडौंपाँच जना पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल डा. बाबुराम भट्टराईले जारी गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक कदमबारेको विज्ञप्ति विवादमा तानिएको छ।

उक्त विज्ञप्तिमा उल्लेख गरिएकोविदेशी हस्तक्षेप गराइएको भन्ने सन्दर्भमा उनीहरूमाथि नै प्रश्न चिन्ह खडा भएका छन्। आफ्ना कार्यकालमा भारतीय तथा विभिन्न देशका दूतावासमा धाएर सत्ता टिकाउनका निम्ति मरिहत्ते गर्नेले अहिले उक्त विषयमा टिप्पणी गर्नुलाई निर्वस्त्र भएर अरुलाई कुरीकुरी भन्नुको अर्थमा बुझिएको छ।

यसका कतिपय उदाहरण पनि छन्।

नेपाली राजनीतिमा निक्कै विवाद राष्ट्रघातको विषय बनाइएको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सम्झौता गर्ने पूर्वप्रधानमन्त्री हुन्, प्रचण्ड। उनको सरकारको पालामा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए। त्यसैको कार्यान्वयनका लागि जोडबल गरेका ओली सरकारले विदेशी हस्तक्षेप निम्त्याएको भन्ने अपिलका हस्ताक्षर कर्ता प्रचण्ड आफैं छन्। यसमा शेरबहादुर देउवाको पनि हस्ताक्षर , जसले पुनःस्थापित प्रतिनिधि सभामा चिच्याई चिच्याई भनेका थिएएमसीसी किन पास नगरेको? त्यो जसरी पनि गर्नुपर्छ।

विदेशी हस्तक्षेप मात्र नभई विभिन्न स्थानीय सरकारदेखि प्रदेशका सांसदसम्मलाई विवादीत होली वाइन खुवाउने कार्यक्रमको सहजकर्ताका रुपमा थिए, माधवकुमार नेपाल। जसलाई पार्टी विभाजन हुनुपूर्व नेकपाभित्र उक्त कार्यक्रमबारे आलोचना गरियो। तिव्र असन्तुष्टि भएपछि उनले माफी माग्नुपर्ने अवस्था आयो। यति मात्र नभएर विदेशी हस्तक्षेप खासगरी भारतीय सहभागीतामा नेपालमा १२ बुँदे गराउँदाका एक साक्षी पनि हुन्, नेपाल। यति मात्र नभएर प्रधानसेनापति रुक्माङ्गत कटवाल प्रकरणमा प्रचण्डको सरकार गिरेपछि प्रधानमन्त्री बन्दा भारतीय हस्तक्षेप भएको आरोप लागेको थियो। भारत तत्कालिन प्रधानमन्त्री नेपालविरुद्ध प्रचण्डले दिनसम्म नेपाल बन्दको आन्दोलन गरेका थिए।

भारतसँग नजिक रहेको भनी कुनै बेला माओवादीभित्र कारबाही गरेका व्यक्ति हुन् बाबुराम भट्टराई। यति मात्र नभएर उनलाई भारत परस्त भन्ने आरोप स्वभाविक रुपमा लाग्दै आएको छ। यस्तो आरोपको उनले बचाऊ गरे पनि तत्कालिन भारतीय कांग्रेसको सत्तासँग नजिक रहेका उनलाई पनि मधेसी जनाधिकार फोरमसँगको मोर्चाबन्दीमा सरकार बनाउँदा विदेशी हस्तक्षेपको प्रभाव भनी टिप्पणी भएको थियो। उनले पनि उक्त विज्ञप्तिमा हस्ताक्षर दच्काएका छन्।

नेपालको तरल राजनीतिक अवस्थामा यीनै अनुहार प्रतिनिधित्व गर्ने दलहरूको गठजोडले सरकार भत्काउने बनाउने काम गरेको पृष्ठभूमीलाई केलाइएको छ।

नेपाल सरकार ढाल्नका लागि प्रचण्डले तत्कालिन एमाले अध्यक्ष समेत रहेका झलनाथ खनालसँग गोप्य बुँदे समझदारी गरेका थिए। तर, खनालको सरकार महिना पनि टिकेन। यसको कारण भारतीय प्रभावका आधारमा नै प्रचण्डले सरकार गिराएको आरोप लागेको थियो। जसको विकल्पमा भट्टराईको सरकार गठन भएको थियो।

पछिल्लो पटक संविधान जारी भएपछि ओलीको नौ महिने सरकारलाई समर्थन गरेका प्रचण्डले फेरि सरकार गिराएर देउवासँगको सहकार्यमा महिनाको तरल सरकार बनाएका थिए। भारतले नाकाबन्दी गरेको ओली सरकार गिराउनका लागि दिएको सन्देशका आधारमा उक्त काम भएको धेरैको टिप्पणी थियो।

यस सन्दर्भमा पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलले भनेका थिए,‘एक जना भारतीय राजदूतले मसँग सोध्दै भनेपोखरेल जी तपाईका देशका नेता कस्ता हुन्? मलाई प्रधानमन्त्री बनाइदिनुहोस् भन्दै आउँछन्।

हस्तक्षेपको विषयमा पोखरेलको मात्र टिप्पणी आएको थिएन। उक्त विज्ञप्ति आउनासाथ विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले सामाजिक सञ्जालमा लेखेका थिए,‘नाटकको पनि सीमा हुन्छ। विदेशीसामू निर्लज्ज लम्पसार परेको आफ्नो कर्म इतिहास संझिनोस्। तपाईंहरूले स्वाभिमान राखेर, देशलाई छातिमा बोकेर काम गरिदिएको भए आज विदेशीसामू नेपालको शीर यतिविघ्न नुहेको हुने थिएन।

मिश्रले अगाडि लेखेका थिए,‘विदेशी राजदूतका सामू थरथर काँप्ने तपाईंहरूलाई अहिले विदेशी हष्तक्षेपको पीर पर्यो? अरुलाई खाने बाघले आफूलाई पनि खान्छ भन्ने समयमैँ बुझिदिएको भए यो स्थिति आउने नै थिएन!

प्रतिक्रिया