त्रिपुरेश्वरस्थित सुकुम्वासी टोलमा एक युवक मृत फेला


काठमाडौं- काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित बन्सिघाट सुकुम्वासी टोलमा एक युवक मृत फेला परेका छन्।

प्रहरीका अनुसार सोही टोलमा डेरा गरी बस्ने गुल्मीको गुल्मी दरबार गाउँपालिका-४ घर भएका ३६ वर्षीय पदम रेश्मी मंगलबार  आफ्नै कोठा बाहिर मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया