राजधानीको टोखामा गोली चल्यो


काठमाडौं – काठमाडौंको टोखामा गोली चलेको छ ।

टोखास्थित ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

६ जना भारतीय नागरिकहरुले अवैध लागू पदार्थ बिक्री गर्दै गरेको सूचनपछि नियन्त्रणका लागि गएको प्रहरीमाथि रड प्रहार गर्न लागेपछि प्रहरीले गोली चलाएको जनाइएको छ ।

घटनामा २ जनालाई गोली लागेको जनाइएको छ भने उनीहरुसहित ६ जना पक्राउ परेको पनि जनाइएको छ ।

गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएको बताइएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया