टोखामा गोली प्रहार: लागुऔषध कारोबारी चारैजना भारतीय नागरिक


काठमाडौं- लागुऔषध नियन्त्रण ब्युरो (एनडीडीसी) को टोलीले टोखामा गोली प्रहार गरेर चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध कारोबारको सूचनाका आधारमा प्रहरी टोखा पुग्दा आक्रमण भएपछि प्रहरीले जवाफी कारबाही गर्दै दुई जनालाई गोली हानेर नियन्त्रणमा लिएको हो।

यसरी कुल चार जनालाई पक्राउ गरिएको ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले बताए। पक्राउ परेकाहरूको नाम र ठेगाना अहिले खुल्न बाँकी छ।

प्रतिक्रिया