


गोकर्णेश्वरमा एक पुरुष मृत फेला

काठमाडौं -गोकर्णेश्वर नगरपालिका–१ चिलाउनेमा एक पुरुष मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएका ६१ वर्षीय सानुमान तामाङ छन् । उनी सोमबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनी आफ्नै भान्जा चिलाउने बस्ने ४८ वर्षीय आइतराम तामाङको घरमा मृत भेटिएको प्रहरीले बताएको छ । मृत्यु कारण भने यकिन भइसकेको छैन ।

