काठमाडौंको लस्सी भण्डारमा दहीसँग ब्लेड भेटियो


काठमाडौं- काठमाडौं महानगरपालिकाले नगर भरिका खाद्य सामग्रीको गुणस्तर र सरसफाइ अनुगमन गर्दै आएको छ। यसै क्रममा महानगरपालिका–२४ स्थित जनकपुर दही लस्सी भण्डार मा बेचिएको दहीमा ब्लेडभेटिएपछि महानगरले उक्त भण्डारलाई २५ हजार रुपैयाँ जरिवाना लगाएको छ।

एक ग्राहकले उक्त भण्डारबाट किनेको दही खाँदै गर्दा ब्लेड भेटिएको उजुरी दिएपछि नगर प्रहरी र स्वास्थ्य निरीक्षण टोलीले जाँच गरेको थियो।

 

प्रतिक्रिया