अख्तियारले माग्यो मेयर बालेनको फ्रान्स भ्रमणको विवरण


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई फ्रान्स भ्रमणसम्बन्धी विवरण माग गरेको छ।

स्राेतका अनुसार, मेयर साह २०८१ सालको जेठमा कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स गएका थिए। त्यस क्रममा उनले आफ्नो सचिवालयका सदस्य सुनिल लम्साल र कुमार व्यञ्जनकारलाई कर्मचारीका रूपमा टोलीमा सहभागी गराएका थिए। सोही विषयमा उजुरी परेपछि अख्तियारले स्पष्टिकरण मागेको हो।

भ्रमणका क्रममा मेयर साहले फेस्टिभल निर्देशकसँग भेटघाट गर्नुका साथै रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुख पाहुनाका रूपमा सहभागिता जनाएका थिए। उनले अडियो-भिजुअल कन्टेन्ट निर्माण प्रणालीसम्बन्धी संयन्त्रको अवलोकन पनि गरेका थिए।

साहको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा एक विशेष रिसेप्सनको आयोजना गरिएको थियो। उनी २०८१ साल जेठ १ गते फ्रान्स प्रस्थान गरी ७ गते नेपाल फर्किएका थिए।

प्रतिक्रिया