अपमान सहेरै बलिउडमा उदाएकी रेखा


मुम्बई(एजेन्सी)– अभिनेत्री रेखाको नाम आज पनि बलिउडको सबैभन्दा सुन्दर अभिनेत्रीमा आउँदछ । तर बलिउडकी यी सदाबहार अभिनेत्रीको जिन्दगीको सुन्दरताको कथा कुनै फिल्मको कथा भन्दा कम छैन । ७० र ८० को दशकमा बलिउडमा राज गरेकी रेखाले करियरको शुरुवातमा अपमानको सामना गर्नु परेको थियो । करियरको शुरुवातमा रेखा मोटी र काली थिइन् । त्यहीकारण उनले फिल्मकर्मीबाट अपमानित हुनु परेको थियो ।

एक अन्तरवार्तामा रेखाले आफूलाई जंक फूड र चकलेट खुबै मनपर्ने भएकाले पनि त्यो खानाले आफू मोटो भएको बताएकी थिइन् । पातलो हुनका लागि उनले झन्डै अढाई वर्षसम्म खानेकुरामा कडा नियम लगाइन् । जसकारण फिल्म ‘घर’मा दर्शकले निकै पातली रेखा देखे । नयाँ अवतारमा देखिएकी रेखालाई दर्शकले यो फिल्मबाट प्रशंसा गरेका थिए ।

मोटो शरीरलाई घटाउन रेखाले लामो समयसम्म अलैंची हालेको दुध र मकै खाएकी थिइन् । त्यो समयमा यस्तो खानेकुराले आफ्नो स्वास्थ्यका लागि कति खराबयुक्त हुने अनुमान नगरेको उनले खुलाएकी छन् । रेखाका अनुसार त्यो समयमा उनी प्रायः भोकै बस्थिइन् ।

रेखालाई सुन्दर बनाउन अभिनेता अमिताभ बच्चनको ठूलो हात रहेको मानिन्छ । उनलाई अमिताभले नै स्टाइलिस र ग्ल्यामरस डे्रसिङ सेन्सको बारेमा बताएका थिए । रेखाले डाइटिङसँगै छालालाई गोरो बनाउन स्किन लाइटिङ ट्रिटमेन्ट पनि गराएकी थिइन् । जसकारण उनी पूर्ण रुपमा बद्लिइन र गोरो भइन् ।

सन् १९७६ मा रिलिज रेखाको फिल्म ‘दो अन्जाने’मा दर्शकले रेखाको बद्लिएको रुप देख्न पाएका थिए । फिल्म उद्योगमा रेखाका लागि यही एउटा कोशेढुंगा साबित भयो । जुन आजसम्म पनि कायमै छ ।

आफ्नो सुन्दरतालाई कायम राख्न रेखा नियमित योग अभ्यास गर्छिन् । यसबाहेक उनी दैनिक १० देखि १२ गिलास पानी पिउछिन् । रेखा बेलुका छिट्टै खाना खान्छिन् । ताकि उनको स्वास्थ्य राम्रो होस् ।

प्रतिक्रिया