अमिताभ भरोसायोग्य, दीपिका सर्वाधिक सुन्दरी


मुम्बई(एजेन्सी)– बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता अमिताभ बच्चन जस्ता कैयौं सेलिब्रेटी वर्तमान समयमा केही अन्य कारणले नै चर्चामा छन् । हालैमात्र सामाजिक सन्जालमा बलिउडका यी स्टारले सबैको ध्यान खिचेका छन् । यो अवस्थाको बाबजुद पनि हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार बलिउडका स्टारमध्ये दीपिका र अमिताभ जस्ता स्टारलाई भरोसायोग्य स्टारको ट्याग दिइएको छ ।

इन्डियन इनिस्टच्यूट अफ ह्युमन ब्राण्डस्ले सार्वजनिक गरेको टियारा रिपोर्टले स्टारहरुलाई नयाँ ट्याग दिएको हो ।भारतका २३ शहरका करिब ६० हजार मानिसबीच गरिएको सर्बेमा अभिनेता अमिताभलाई सबैभन्दा सम्मानित सेलिब्रेटी मानिएको छ ।

टियारा(ट्रस्ट, आइडेन्टीफाई, एट्रेक्टिभ, रेस्पेक्ट एण्ड एपिल)को रिपोर्टमा अमिताभलाई आम मानिसले भरोसायोग्य ब्राण्ड मानेका छन् । यो मामलामा अमिताभले आमिर खान, शाहरुख खान, सलमान खान, अक्षय कुमार जस्ता कैयौं सुपरस्टारलाई पछाडि पारेका छन् ।

सर्बेकै फरक विधामा जनताले दीपिकालाई बलिउडकै सबैभन्दा सुन्दर अभिनेत्री मानेका छन् । यो विधामा दीपिका नम्बर एकमा छिन् । यो सूचीमा दीपिकाले अभिनेत्री ऐश्वर्या राय बच्चनलाई पनि पछि पारेकी छन् । दीपिका पछिल्लो दिनमा लागुऔषध मामलामा निकै चर्चामा थिइन् । अभिनेता सुशान्त सिंह राजदुत मामलाको जाँचमा लागुऔषध पनि मिसिएपछि त्यसको चपेटामा दीपिकाको नाम पनि अगाडि आएको थियो । जसकारण सामाजिक सञ्जालमा उनी ट्रोलको शिकार पनि भइन् ।

अभिनेता अक्षय कुमारलाई सर्बेमा जनताले सबैभन्दा अपीलिंग अभिनेता भनेका छन् । अर्थात् ५३ वर्षका यी अभिनेताले यो मामलामा बलिउडका पुराना र नयाँ सबै अभिनेतालाई पछाडि पारेका छन् ।

सूचीमा बलिउडको सबैभन्दा विवादास्पद जोडीका रुपमा आलिया भट्ट र रणवीर कपूरको नाम लिएका छन् । यद्यपि जनताले आलियालाई सबैभन्दा आकर्षक ब्राण्डका रुपमा पनि मनपराएका छन् ।

त्यस्तै क्रिकेटर विराट कोहली र उनकी अभिनेत्री पत्नी अनुष्का शर्मालाई अधिक सम्मानित र भरोसायोग्य जोडीका रुपमा जनताले मत दिएका छन् ।

सर्वेमा जनताले अभिनेता आयुष्मान खुरानालाई आफ्नो तुलना गरेका छन् । उनीहरुले आयुष्मानमा आफ्नो पहिचान पाएको बताएका छन् । यो ब्राण्डमा आयुष्मानले ८८ दशमलब ५ अंक प्राप्त गरेका छन् ।

प्रतिक्रिया