कसको घर कति महंगो ?
मुम्बई(एजेन्सी)– बलिउडका सुपरस्टारहरु करोडौंमा खेल्छन् । यहीकारण उनीहरुको जीवनशैली बिलाशी छ । उनीहरुको घरको कुरा गर्दा ती घर कुनै आलीशान महल भन्दा कम छैन । यो रिपोर्टमा कुन बलिउड स्टारको घर कति महंगो छ भन्ने कुरा प्रस्तुत गरिएको छ ।
बलिउड बीग बी अर्थात अमिताभ बच्चनसँग दुई घर(जलसा र प्रतीक्षा) छन् । अमिताभ जलसामा बस्छन्, जसको मूल्य १ सय ६० करोड रहेको छ । जलसा अघि उनले प्रतीक्षा नामको घर किनेका थिए । जसको मूल्य ८० करोड रुपैंयाँ थियो ।
बलिउड किङ खान अर्थात शाहरुख खानको घरको नाम मन्नत हो । जसको डिजाइन कुनै महल भन्दा कम छैन । यसको मूल्य २ सय करोड रहेको भनाई छ । यही घरमा शाहरुख पत्नी गौरी र आफ्ना सन्तानका साथ कैयौं वर्षदेखि बसिरहेका छन् । यो घरसँग शाहरुखको निकै गहिरो सम्बन्ध छ । त्यहीकारण मुम्बई पुग्ने जोकोही व्यक्ति शाहरुखको यो घरलाई हेर्न छुटाउदैनन् ।
खेलाडी कुमारका रुपमा परिचित अक्षय कुमार वर्षमा ५ देखि ६ वटा फिल्म गर्छन् । जसबाट उनको कमाई करोडौं हुन्छ । उनको जुहुस्थित समुन्द्री किनारमा ८० करोड रुपैंयाँ बराबरको घर छ । जसको इन्टेरियर अक्षयकी पत्नी ट्विंकल खन्नाले आफैं डिजाइन गरेका हुन् ।
बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान बान्द्राको बेला विजता अपार्टमेन्टमा आफ्नो परिवारका साथ बस्छन् । यो अपार्टमेन्ट पाँच हजार स्क्वायर फिटको छ । यसको मूल्य ६० करोड रुपैंयाँ पर्दछ ।
अर्का अभिनेता सलमान खान ग्यालेक्सी अपार्टमेन्टमा आफ्नो परिवारका साथ बस्दछन् । सलमान यो घरमा ४० वर्षदेखि बस्दै आएका छन् । यो घरको मूल्य ६० करोड पर्दछ ।