प्रभासको फिल्ममा अमिताभको पारिश्रमिक २१ करोड


मुम्बई(एजेन्सी)– अभिनेता प्रभास र अभिनेत्री दीपिका पादुकोणको मेगा बजेट साइन्स फिक्सन फिल्ममा अमिताभ बच्चन विशेष भूमिकामा देखिँदैछन् । निर्देशक नाग अश्विनको यो एक्सन थ्रिलर फिल्ममा अमिताभ केमियोमा नभई फूल फ्लेज्ड भूमिकामा देखिँदैछन् । यो भूमिकाका लागि अमिताभले निकै राम्रो पारिश्रमिक लिँदैछन् ।

अमिताभ दक्षिण भारतीय फिल्ममा काम गर्नका लागि निकै राम्रो पारिश्रमिक लिन्छन् । त्यहीकारण पनि प्रभासको फिल्म उनका लागि फरक छैन । फिल्ममा अमिताभको भूमिका प्रभास जत्तिकै महत्वपूर्ण छ । त्यहीकारण फिल्मका लागि अमिताभले २१ करोड पारिश्रमिक लिएका छन् ।

फिल्मका निर्माताहरु बलिउडको यी ठूला स्टारलाई आफ्नो फिल्मबाट गुमाउन नचाहने भएकाले पनि बिना कुनै मोलमोलाई निर्माताले यो पारिश्रमिक दिन सहमत भएका हुन् । फिल्मको छायांकन आगामी वर्षबाट शुरु हुनेछ ।

अमिताभ चाँडै नै आलिया भट्ट र रणवीर कपूरसँग फिल्म ‘ब्रह्मास्त्र’मा देखिँदैछन् । यबसाहेक उनी अजय देवगनका साथ ‘मे डे’मा पनि प्रमुख भूमिकामा देखिँदैछन् ।

प्रतिक्रिया