आस्थाले ल्याइन् यानी माया


काठमाडौं– गायिका आस्था राउतको नयाँ गीत ‘यानी माया’ सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीत आस्थाको गीति एल्बम ‘आधार २’मा समावेश गरिएको छ । गीतमा महाराज थापाको एरेन्ज छ ।

कविता नेपाली, गौरब बिष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठ फिचर्ड गीतमा एन्जिमा लामाको कोरियोग्राफी रहेको छ ।

वरिष्ठ लोकगायक हरि बहादुर राउत र म्युजिक नेपालको संयुक्त निर्माणमा तयार भएको गीतको निर्देशन, छायांकन र सम्पादन हिमालयन इन्फ्रा टिमको हो ।

प्रतिक्रिया