केबीसीमा घण्टौं खटिन्छन् अमिताभ


मुम्बई(एजेन्सी)– भारतीय रियालिटी शो ‘कौन बनेगा करोडपति’को १२ औं सिजन प्रसारण भएको तीन हप्ता भएको  छ । प्रसारण भएको दिनदेखि नै शोले आफ्नो लोकप्रियतालाई कायमै राखेको छ ।

कोरोना भाइरसको महामारी भइरहँदा सुटिङ प्रक्रिया र खेल खेल्ने प्रक्रियामा परिवर्तन भएको छ । यहीकारण कैयौं घण्टासम्म शोको सुटिङ चलिरहन्छ । शोका सञ्चालक अमिताभ बच्चन पनि कोरोना भाइरसलाई पराजित गरेर सामान्य जीवनमा आएपछि शोका लागि निकै उत्साहित छन् र निकै मेहनत पनि गरिरहेका छन् ।

अमिताभले ट्वीटरमा ‘केबीसी १२’को सुटिङ समयको तस्बिर शेयर गरेका छन् । ‘कर्म नै पुजा हो । चाडपर्व त त्यसै मनाइन्छ, तर दैनिक काम गर्ने बानी बसाइरहनुपर्छ । कर्म नै गुरु हो, कर्म नै मोक्ष हो । आलस्य एक ढोका हो, त्यो ढोकामाथि कुद्नुहोस् र लक्ष्य प्राप्त गर्नुहोस् । हरेक द्विविधाको सामना गर्नुहोस् र कामको गम्भीरताको पाठ पढाउनुहोस्’, उनले लेखेका छन् ।

शोको सुटिङमा घण्टौं बिताउदा पनि अमिताभ कुनै दिग्दारी मान्दैनन् । कामलाई प्राथमिकता दिने यी अभिनेताको काम गर्ने शैलीबाट बलिउडका जोकोही प्रभावित छन् ।

प्रतिक्रिया