अन्धविश्वासको सहारामा बाँचेका यी बलिउड स्टार


मुम्बई(एजेन्सी)– जो मानिसहरु जिन्दगीमा कुनै कुरामा डर मान्छन्, उनीहरु त्यो डरबाट बच्नका लागि अन्धविश्वासको सहारा लिन्छन् । किनकी उनीहरुलाई अन्धविश्वासको सहारा लियो भने आफ्नो जीवनमा आएका नकारात्मक कुराको अन्त्य हुन्छ भन्ने विश्वास छ । त्यसो त यो डर आममानिसमा मात्र होइन, बलिउड स्टारहरुमा पनि छ ।

अमिताभ बच्चन

अन्धविश्वासको सहारा लिनेमा बलिउड शहंशाह अमिताभ बच्चन पहिलो नम्बरमा पर्छन् । किनकी अमिताभको कारहरुमा खराब नजर नपरोस् भनेर हरेक कारको नम्बरमा २ जोड्छन् । त्यहीकारण उनको हरेक कारमा २ नम्बर अनिवार्य रहन्छ ।

सलमान खान

बलिउडका दबंग अर्थात् सलमान खान पनि अन्धविश्वासमा निकै भरोसा गर्छन् । उनको हातमा एक ब्रासलेट जोकोहीले देखेका छन् । जुन ब्रासलेट उनको पिता सलीमले उनलाई दिएका हुन् । सलमान सुटिङको समयमा पनि यो ब्रासलेट निकाल्दैनन् । किनकी उनी यो ब्रासलेट आफ्ना लागि भाग्यशाली मान्छन् ।

कटरीना कैफ

अभिनेत्री कटरीना कैफले बलिउडमा भलै अभिनयको एक दशक पुरा गरेकी छन् । उनी आफ्नोे अभिनयका अलावा हरेक गतिविधिबाट तारिफ बटुल्छिन् । फिल्म ‘नमस्ते लण्डन’को प्रमोसनको समयमा कटरीना अजमेर शरीफको दरगाहमा गएकी थिइन् । जहाँ उनको कपडामा ठूलै लफडा भएको थियो । तर फिल्मले व्यावसायिक सफलता पाएको थियो । त्यही समयदेखि कटरीना हरेक फिल्मको रिलिज अघि अजमेर शरीफ दरगाह गएर प्रार्थना गर्छिन् ।

एकता कपूर

निर्मात्री एकता कपुर आफूसँग जोडिएको हरेक मामलामा ज्योतिषको राय लिन्छिन् । चाहे त्यो सुटिङको समय तालिका होस् या अन्य गतिविधि नै । त्यही कारण उनले हातका सबै औलामा औठी लगाउछिन् ।

दीपिका पादुकोण

फिल्म ‘पद्मावती’को रिलिज अघि अभिनेत्री दीपिका पादुकोण सिद्धिविनायक मन्दिरको दर्शन गर्न पुगेकी थिइन् । दीपिका गणेश भगवानलाई निकै मान्छिन् । त्यहीकारण उनी हरेक फिल्मको रिलिज अघि सिद्धिविनायक पुग्छिन् ।

प्रतिक्रिया