प्रहरीभित्रको राजनीतिक नालीबेली : उपेन्द्रकान्तले सहन नसक्ने नवराज, प्यारो पुष्कर !


रमेश चन्दकै पालामा दुईवटा समूहको प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा पदोन्नती भयो । पहिलो कुबेर सिंह रानाको समूहको अनि राजेन्द्र सिंह भण्डारीको समूहको । कल्याणलाई जागिरबाट हटाउने खेल कस्तो थियो भने कल्याणको सिटमा बिनोद सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउने अनि खाली हुने त्यो एक सिटमा राजेन्द्रसिंह भण्डारीलाई डिआईजी बनाउने ।

कल्याणको जागिर सर्बोच्चको ‘स्टे अर्डर’को कारण जोगिए पश्चात यो खेल यहीँ समाप्त भयो । केही समय पश्चात जब माधब नेपाल प्रधानमन्त्री हुँदा भिम रावलसँगको सम्पर्कको आधारमा राजेन्द्रसिंह भण्डारीले आफू एक नम्बरमा बढुवा हुन प्रयास गरे त्यो समयमा नेपाली कांग्रेससँग नेकपा एमालेको मिलीजुली सरकार थीयो, माओवादी प्रतिपक्षमा थीयो र तत्कालिन गृहमन्त्री  रावललाई र प्रधानमन्त्री नेपाललाई मर्यादाक्रम तलमाथि नगर्न र केही गरे ठिक नहुने चेताबनीयुक्त फोन गएपछि उपेन्द्रकान्त नै मर्यादाक्रममा माथि थामिएका थिए । नत्र नेपाल प्रहरीको गति आजको हुने थिएन ।

ब्याबसायीक रुपले रमेश चन्दको समूहमा कुबेरसिंह राना, राजेन्द्रसिंह भण्डारी, नबराज सिलवाल, रमेश खरेल, आदि थिए । सायद हिजो अच्युतकृष्ण खरेल र उनको समूहले प्रहरी अधिकृतहरूमाथि गरेको अन्यायको कारण त्यो समूह नै बिरासत बिहिन हुन पुग्यो । किनकी उपेन्द्रकान्त अर्याल बने त अच्युतकृष्ण र कांग्रे्रेसको कोटामा । तर नेपाल प्रहरीका सबैभन्दा कपटी महानिरीक्षक थिए उपेन्द्रकान्त अर्याल । उपेन्द्र कहिले कांग्रेसको नाम जप्थे, कहिले ब्याबसायिकताको नाम जप्थे, कहिले तत्कालिन नेकपा एमालेका कुनै नेताको नाम जप्थे भने कहिले आफ्ना मित उपेन्द्र महतोको धनको आडमा प्रहरीको नेतृत्व हत्याउन लागेका थिए, जे होस यीनको कपटीपनाको कारण नै नेपाल प्रहरीले आजको अबस्था भोग्नु परेको छ । यसरी रमेश चन्दको समयमा राजेन्द्र सिंह भण्डारीले खरेलको जालोलाई तोड्न खोज्दै थिए । सुडान काण्डको आँधिले रमेश चन्दको सिंहासन डगमगायो र रविन्द्र प्रतापको उदय हुन पुग्यो ।

रविन्द्र प्रतापको उदय जब भयो फेरि शुरु भयो नेपाल प्रहरीमा अच्युतकृष्ण खरेले समूहको हालिमुहालिको निरन्तरता । रविन्द्रप्रतापले आफ्नो काम त राम्ररी गरे, आफू अनुकुलका निश्चित अधिकृतहरूले गरेका हजार गल्ती माफ गरे तर उनले भित्रभित्रै धेरै ठूलो कुनै कुरामा शुरु देखि नै सम्झौता गरेको सुइँको थियो । यो चिज तब ज्ञात भयो जब यीनले महानिरीक्षकबाट अबकाश हुने बित्तिकै माओवादीको तर्फबाट समानुपातिकको सांसद बन्ने मौका पाए।

मरेको मानिसको लासको वरिपरिको अबस्था, र लासमा लागेका चोटपटकको बारेमा अनुसन्धान गरेर मार्ने मानिस पत्ता लगाउने बानी परेका अधिकांश प्रहरी अधिकृतलाई रबिन्द्रले कुनै ठूलै सम्झौता गरेको कुरामा स्पष्ट हुन समय लाग्दैन ।

रविन्द्रप्रतापले अच्युतकृष्ण खरेलको सिण्डिकेटको निरन्तरतामा कुनै कमी हुन दिएनन् । यीनले अनेक बिबादका बाबजुद रमेश खरेललाई १ नम्बरमै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बनाए । उपेन्द्रलाई संरक्षण गरे र खरेल समूहलाई संरक्षण गरिरहे । रविन्द्रको पालो आउनुभन्दा अगाडि नै बिनोद सिंहको खाली ठाउँमा कुबेरसिंह रानालाई रमेश चन्दले प्रहरी अतिरिक्त महानिरीक्षक बनाइसकेका थिए । यहाँ आएर खरेल साबको समूहको निरन्तरता खलबलिन पुग्यो किनकी कुबेर खरेल समूहका थिएनन् ।

उनले खरेल साबका निकटका अधिकृतहरूलाई नच्यापेर राजेन्द्रसिंह भण्डारी, नबराज सिलवाललाई अगाडि बढाए । कुबेरसिंह राना नजरमा उपेन्द्रकान्त भन्दा राजेन्द्र सिंह भण्डारी र सुरेन्द्रबहादुर शाह अब्बल अधिकृत थिए त्यहि भएर उनले अन्तिम समयसम्म पनि आफू महानिरीक्षक हुँदा खाली भएको एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको लागि राजेन्द्रसिंह भण्डारीकै लागि प्रयत्न गरेका थिए । सकेनन् । त्यसपछि कुबेरसिंह रानाले सुरेन्द्रबहादुर शाहलाई समेत उपेन्द्रबिरुद्ध लागेर महानिरीक्षक बन्ने प्रयास गर्न सुझाएका थिए । तर यो प्रयास कहाँ असफल भयो भने त्यो समयमा खिलराज रेग्मीको प्रशासनिक मानिसको बाहुल्यता भएको सरकार थियो र त्यो सरकारले मर्यादाक्रम तलमाथि गर्न चाहेन । उपेन्द्रकान्त आफ्नो समूहबाट एक्लै अतिरिक्त महानिरीक्षक बन्न सफल भए र खरेल साबको समूहलाई राहत मिल्यो ।

उपेन्द्रकान्तले अब अच्युतकृष्ण खरेलको समूहको निरन्तरता भन्दा पनि आफ्नै समूह बिकास गर्न खोजे । कपटी र कुटिल स्वभावका उपेन्द्रकान्तले आफू पश्चात कसरी क–कसलाई महानिरीक्षक बनाउने भन्ने दिर्घकालीन योजना नै तयार गरे ।

नबराज सिलवाललाई कुनै पनि हालतमा महानिरीक्षक बन्न नदिने खेलमा यीनि त्यहि दिनदेखि नै लागे । उपेन्द्रकान्तले नबराजलाई महानिरिक्षक हुन निदने षडयन्त्रको विकल्प पनि तयार पारीसकेका थिए– आफ्नै जातवाला प्रकाश अर्याल । यो योजनामा यिनि लागे र त्यहि अन्तर्गत नबराजलाई बन्न नदिनको लागि उपेन्द्रले प्रकाशलाई चुप लाग्न लगाए । जयबहादुर चन्दलाई उचाले जबकि यीनले कार्यसम्पादन वापतको नम्बर दिँदा नबराज, प्रकाश, बमबहादुर र जयबहादुर मध्ये सबैभन्दा कम जयबहादुरलाई नै दिएका थिए

३० बर्षे अबधिका कारण समकालिनहरूमा सबै भन्दा लामो समय लगभग साढे तीन बर्ष यीनको कार्यकाल थियो । त्यसैले यीनले आफू निकटका अधिकृतलाई मौका र स्थान दिए भने मन नपरेका र चाकरी नगर्नेहरूलाई सताउने अभियान नै चलाए । यसको लागि यीनले सबै भन्दा ठूलो काँडोको रुपमा देखेका नवराज सिलवाल थिए । नबराज सिलवाललाई यीनले ‘फूटेको आँखा’ले देखि सहन्नथे किनभने उपेन्द्रकान्तका मित उपेन्द्र महतोका बुवाको कुनै समयमा चर्चित रहेको बलात्कारको घटनाको समयमा नबराज सिलवाल महानगरिय प्रहरी परिसर काठमाडौका प्रमुख थिए । जुन बेला उपेन्द्रकान्त प्रहरी बरिष्ठ उपरीक्षक थिए ।

जब बलात्कार सम्बन्धी मुद्दा हनुमानढोका पुग्यो उपेन्द्रकान्तले यो मुद्दा मिलाउन आफूहरू लागिपरेको त्यसैले दर्ता नगर्नको लागि नबराजलाई भनेका थिए । तर बलात्कार जस्तो जघन्य मुद्दा दर्ता नगर्न ब्याबसायीक छबि बनाएका नबराजले मानेनन् त्यसपछि उपेन्द्रले नबराजलाई देखि सहन्नथे ।

नबराज सिलवाललाई कुनै पनि हालतमा महानिरीक्षक बन्न नदिने खेलमा यीनि त्यहि दिनदेखि नै लागे । उपेन्द्रकान्तले नबराजलाई महानिरिक्षक हुन निदने षडयन्त्रको विकल्प पनि तयार पारीसकेका थिए– आफ्नै जातवाला प्रकाश अर्याल । यो योजनामा यिनि लागे र त्यहि अन्तर्गत नबराजलाई बन्न नदिनको लागि उपेन्द्रले प्रकाशलाई चुप लाग्न लगाए । जयबहादुर चन्दलाई उचाले जबकि यीनले कार्यसम्पादन वापतको नम्बर दिँदा नबराज, प्रकाश, बमबहादुर र जयबहादुर मध्ये सबैभन्दा कम जयबहादुरलाई नै दिएका थिए ।

अबको महानिरीक्षक तिमी नै हौ भनेर जयबहादुर चन्दलाई उचाल्ने तर कार्य सम्पादनको नम्बर कम दिनुले यीनको कपटी र कुटिल स्वभाव स्पष्ट हुन्छ । उपेन्द्रको योजनाचाहिँ के थियो भने आफू पछिको महानिरीक्षक को–को हुने भनेर तय गरेका थिए । जस्तै प्रकाश, पुष्कर, ठाकुर, घनश्याम, बिश्व, श्याम, राजेशनाथ, मनोज, भूपेन्द्र लगायत हुदै यीनले आफू पछि नौ जना को–को महानिरीक्षक बन्ने भन्ने योजना तयार पारेका थिए ।

यसको लागि यीनले सबै भन्दा धेरै बिश्वास गरेका बिश्वास पात्र थिए भूपेन्द्र । यहाँसम्म बिश्वास थियो कि भूपेन्द्रले बोलेको उपेन्द्रले बोले सरह हुन्थ्यो । उपेन्द्रकान्तको निकटका अधिकृत मानिन्थे रमेश खरेल र सर्वेन्द्र खनाल । तर रमेश र सर्बेन्द्र महानिरिक्षक बने भने यीनिहरूको बफादारिता (लोयल्टी) खरेल साब तिर नै झुक्ने भएकोले यीनले तेस्रो मानिस उभ्याउने प्रयास गरे, पुष्कर कार्की । पुष्कर कार्की क्षमतावान भए तापनि शक्तिको पुजारि भएको र यीनले तत्कालिन राजनीतिका सबैलाई मिलाउने हिसाबले काम समेत गरेकोले तेस्रो ध्रुवको रुपमा उपेन्द्रले पुष्करलाई खडा गरे । प्रकाश अर्याल र उपेन्द्रको पूर्ण प्रयास पुष्करलाई महानिरीक्षक बनाउने रह्यो । शेरबहादुर देउवाको सरकार भएको बेला तत्कालिन जयबहादुरलाई सघाएको देखाउन पुष्करले नबराजलाई आफू सीआईबीको प्रमुख हुँदा पक्राउ गरेर जेलैमा हाल्ने सम्मको दुर्नियत प्रदर्शन गरेर तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुको बिश्वास प्राप्त बनेका थिए ।

क्रमशः भोलीको अंकमा

प्रतिक्रिया