

चोरेर भाग्दै गरेको मोटरसाइकललाई टिप्परको ठक्कर

काठमाडौं – राजधानीको महाराजगञ्जमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
काठमाडौँ महानगरपालिका–३ महाराजगन्ज स्थित नारायणगोपाल चोकमा गएराति पौने १ बजे नयाँ बसपार्कबाट नारायणगोपालतर्फ आएको बा.४ ख १२०३ नम्बरको टिप्परले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दर्मातान तामाङ घाइते भएका हुन् ।
दुर्घटनामा नयाँ बसपार्क तिर जाँदै गरेको बागमती प्रदेश–०२–०४१ प ३९३८ नम्बरको मोटरसाइकलका चालक तामाङले सो मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित बज्रयोगिनीबाट चोरेर भागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
चोरीमा संलग्न २० वर्षीय दर्तामानको त्रिवि शिक्षण अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको जनाइएको छ भने टिपर चालक फरार रहेको पनि जनाइएको छ ।

