विश्वमा चार करोडबढी संक्रमित, यी हुन् ‘टपटेन’ संक्रमित मुलुक


काठमाडौं – विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नाघेको छ । पछिल्लो २४ घन्टामा ३ लाख २४ हजार ९ सय २६ नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वमा संक्रमितको संख्या चार करोड २ लाख ६४ हजार २ सय १८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ७१ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख १८ हजार १ सय ६७ पुगेको छ ।

संक्रमितमध्ये ३ करोड १ लाख ८ हजार ३१ जना कोरोनामुक्त भइसकेको तथ्यांक सार्वजनिक भएको छ भने ९० लाख ३८ हजार २० जना सक्रिय संक्रमित रहेका छन् ।

अहिलेसम्म विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतक अमेरिका शीर्षस्थानमा रहेको छ भने संक्रमितमा भारत दोस्रो र ब्राजिल तेस्रो स्थानमा रहेका छन् भने कोरोनाका कारण ज्यान गुमाउनेको सूचीमा ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।

संक्रमित सूचीमा ब्राजिल पछि रसिया, अर्जेन्टिना, स्पेन, कोलम्बिया, फ्रान्स, पेरु र मेक्सिको क्रमशः चौथो, पाँचौं, छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया